सनराईज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य «

सनराईज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

सन्राइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल (पीओएस) सेवाका लागि सहकार्य भएको छ ।
बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
योसँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने सो को लागि प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सन्राइज बैंकले प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्