श्री लालीगुराँसको सुविधा काउन्टर नयाँ बजारमा
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौं सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट सोमबारदेखि कारोबार सुरु गरेको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले सेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर सुरु गरेको बताए । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभरका आफ्ना सदस्यलाई थप सेवा दिन सुविधा काउन्टर स्थापना गरेको बताए । उनले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने जानकारी दिए ।
पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरिसकेको छ ।
संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।