ग्लोबल आइएमई बैंकको सेवा खोटाङको दिक्तेलमा
ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।
नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम÷सीडीएमए÷यूटीएल÷एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामीण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।