कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधी सिद्धार्थ बैंकलाई «

कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधी सिद्धार्थ बैंकलाई

राउण्ड टेबल नेपालले ३ वैशाखमा आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ ।
महाराजगञ्जस्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समयमा एक एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तीन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।
टाइब्रेकरमा बैंकको तर्फबाट शान्तिराम कार्की, राजु श्रेष्ठ र रामसुन्दर कोजुले गोल गरेका थिए । उक्त फुटसल प्रतियोगितामा बैंकको तर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोल रक्षकका रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्