Logo

कनेक्ट आइपिएसको योजनामा माउन्टेन फ्लाइट टिकट जित्ने मौका

नयाँ वर्ष २०७९ को अवसरमा कनेक्ट आइपिएसले ‘नयाँ इयर नयाँ युजर अफर’ ल्याएको छ । यो अफर ३१ वैशाखेसम्म लागू हुने बताइएको छ ।
अफर अन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिंक गरेर सो खाता बैंकबाट भेरिफाई गराउँदा खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् ।
त्यसैगरी, ११ जना भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले कनेक्ट आइपिएसको वेबसाइट वा मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिंक गरेर नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ–भेरिफिकेसन गराउन सक्छन् ।
पहिलेनै युजर बनाएर पहिलो खाता लिंक र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत एक सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्ने बताइएको छ । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताको घोषणा एनसिएचएलको अफिसियल पेजबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्