२०१८ को चेम्बर अवार्ड सुदीप सेराईलाई «

२०१८ को चेम्बर अवार्ड सुदीप सेराईलाई

नेपाल चेम्बर अफ कर्मसले वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहका प्रमुख सुदीपप्रसाद सराई चेम्बर अवार्ड–२०१८ ले सम्मानित गरेको छ । अवार्ड च्याम्बरले सबै कार्यहरूको मूल्यांकन गरी हरेक भन्सार दिवसको दिनमा दिने गरेको छ । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चेम्बरले अन्तक्र्रिया गर्दै भन्सार प्रशासन समग्र अर्थतन्त्रका लागि सबैभन्दा महत्वपूर्ण संयन्त्र भएको जनाएको छ । “भन्सारलाई कसरी सहजीकरण गरी अगाडि बढाउन सकिन्छ भन्नेमा हामी केन्द्रित छौ ,” राज्यमन्त्री उदयशमशेर राणाले भने । आर्थिक व्यवसायका लागि सुरक्षित व्यावसायिक वातावरण मुख्य नारा रहेको अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूलाई गरिने मूल्यांकन, बिलको व्यवस्था गर्ने जस्ता विभिन्न समस्याहरूको समाधान गर्ने मागमा जोड दिइका छन् ।
राम्रा वा नराम्रा काम गर्ने सबै व्यवसायलाई एउटै नजरमा हेरिने भएकाले राम्रो काम गर्ने व्यवसायिहरूलाई छुट्टै सुविधा र विश्वसनीय रूपमा छुट्याउनुपर्ने वा सरकारले सबै कार्यका लागि बिलको व्यवस्था गर्नुपर्ने व्यवसायीहरूले बताए ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको भन्सारलाई विकासशील देशको भन्सारका रूपमा विकासको बाटोमा अग्रसर गराउनु र मुलुकको हितलाई बीचमा राखेर सबै व्यवसायीहरू मर्यादामा रहेर अगाडि बढन प्रेरित गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्