जापानको ज्ञान, सीप र अनुभव नेपालका लागि उपयोगी «

जापानको ज्ञान, सीप र अनुभव नेपालका लागि उपयोगी

परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् ।
नेपाल जाईका अलमनाई एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पु-याउँदै आएको सहयोगको पनि खेलेर प्रशंशा गरे । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवादसमेत व्यक्त गरे । उनले भने, ‘जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस् । जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँले जापान गएका नेपालीहरुको जान, सीप र अनुभव उपयोग गर्नुछ । मुलुकको समृद्धिका लागि विकास लागि त्यो अति उपयोगी छ ।’
मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराउनु भयो । उहाँले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्