कलेज प्रोफाइल

मेनेजमेन्टमा रोजगारीको अवसर उच्च
अशोकराज पाण्डे
प्रिन्सिपल
लगनखेलस्थित साउथ एसियन इन्स्टिच्युट अफ मेनेजमेन्ट (सायम कलेज)ले २००९ देखि ४ वर्षे बीबीए र २ वर्षे एमबीए अध्यापन गराउँदै आएको छ । पोखरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हाम्रो कलेजमेनेजमेन्ट पढाइ हुने उकृष्ट कलेजको रूपमा स्थापित भइसकेको छ ।
हिजोआज प्राइभेट सेक्टरमा लगानी बढ्दो अवस्थामा छ । हरेक कम्पनीहरूमा मेनेजमेन्टका लागि योग्य जनशक्तिको आवश्यकता पर्छ । देशमा बेरोजगारको चपेटामा धेरै युवापुस्ता ग्रसित छन् । अन्य सेक्टरको तुलनामा मेनेजमेन्टमा रोजगारीको अवसर उच्च हुने, कम खर्चमा पढ्न पाउने भएकाले पनि विद्यार्थीहरूको एमबीए र बीबीएतर्फ रुचि बढ्दो क्रममा देखिएको छ ।
हाम्रो कलेजमा अधिकांश विदेशमा पढेर आएका, तालिम प्राप्त गरेका शिक्षकहरू हुनुहुन्छ । विदेशी तरिका अपनाएर पढाइन्छ । हामी कोर्ष पूरा गर्न मात्र होइन, ज्ञानको विकासलाई पनि मुख्य प्राथमिकतामा राखिन्छ । हामी विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तर शिक्षालाई प्राथमिकतामा राख्दै आएका छौं । बीबीएकै कुरा गर्ने हो भने एक सेसनमा ३५-४० जनामात्र विद्यार्थी भर्ना लिन्छांै । विद्यार्थी भर्ना लिँदै सेक्सन थप्नुभन्दा थोरै विद्यार्थी हुन् तर गुणस्तरका विद्यार्थीको उत्पादन गर्नु हाम्रो उद्देश्य हो । हाम्रो कलेजले लिने शुल्क पनि अन्य कलेजको तुलनामा कम नै छ । ४ वर्षे बीबीए कोर्षका लागि कतिपय कलेजहरुले ७÷८ लाख पनि लिने गरेका छन् । हामी साढे ४ लाखमा नै कोर्ष पूरा गरिदिन्छौं । हाम्रो कलेजको मुख्य विशेषता भनेको फ्याकल्टी नै हो । सकेसम्म हामीले कलेजमा फुलटाइम टिचरहरू राखेका छौं । धेरै कलेजमा हतारहतार गरेर पढाउन भ्याइनभ्याइ हुने टिचरहरू हाम्रो प्राथमिकतामा पर्दैनन् । त्यसैले पनि हाम्रो कलेजको शिक्षा पूर्णतया रोजगारमुखी शिक्षा हो । हामी विद्यार्थीको करियरप्रति एकदम सिरियस छौं । हामीकहाँ पढेका विद्यार्थीहरूले बेरोजगार भएर बस्नु नपरोस् भन्ने कुरामा विशेष ध्यान दिन्छौं । हाम्रा ८५ प्रतिशतभन्दा बढी विद्यार्थीहरू कोर्ष पूरा हुनासाथ रोजगारी पाइसकेका हुन्छन् ।
काठमाडौं बर्नहार्ट नै किन ?
भूपेश छत्कुली
अध्यक्ष
विगत १७ वर्षदेखि नियमित सयौंको संख्यामा डाक्टर इन्जिनियर र कुशल व्यवस्थापक आदि ब्यवसायीहरू उत्पादन गर्न सफल लामो इतिहास बोकेको काठमाडौं बर्नहार्ट स्कुल÷कलेज काठमाडौं बल्खु चोकसँगै आफ्नै सुन्दर भवन र पर्याप्त खेल मैदानसमेत भएको र समाजमा शिक्षा क्षेत्रमा सम्मानित बौद्घिक व्यक्तित्तवहरुले राष्ट्रको शिक्षा क्षेत्रमा विशेष टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको विशुद्घ शैक्षिक संस्था हो ।
कक्षा नर्सरीदेखि स्नातकोत्तरसम्मको पठन पाठन हुने यस संस्थामा कक्षा ११ र १२ व्यवस्थापन र विज्ञान समूहका कक्षाहरु सञ्चालन हुन्छन् । व्यवस्थित छात्रावास यातायातको पर्याप्त संजाल, अत्याधुनिक कम्प्युटर र विज्ञानको छुट्टाछुट्टै प्रयोगशाला, व्यवस्थित पुस्तकालय र चमेना गृहसमेत रहेको यस विद्यालयमा अनुभवी र सक्षम शिक्षक शिक्षिकाहरू, प्रशासिनक व्यवस्थापकहरू र अन्य कर्मचारीहरूको अथक प्रयासबाट यस स्कुलले स्थापना कालदेखि नै निरन्तर आफ्नो शैक्षिक प्रगति उच्च तहमा कायम राख्दै प्रगतिको थप सिंढी तय गर्दै आइरहेको छ । विशेषतः यस संस्थामा कमजोर विद्यार्थीहरूलाई थप कक्षाको व्यवस्था गर्दै निरन्तर परीक्षा व्यवस्था, निरन्तर परामर्श, नियमित अभिभावक र शिक्षकबीच छलफल, नियमित अतिरिक्त क्रियाकलापको प्रतियोगिता आदि क्रियाकलाप गरिन्छ । जेहेन्दार र गरिब विद्यार्थीका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरिएकाले यस संस्थाले एउटा विविधताले भरिएको विभिन्न क्षेत्र र समुदायलाई प्रतिनिधित्व गर्दछ ।
इन्टरकन्टिनेन्टल होटल्स गु्रपको एकेडेमीको रूपमा गेट कलेज
विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् गु्रप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) लाई चयन गरेको छ ।
सेप्टेम्बर ८, २०१७ मा काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स गु्रप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो । आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गरेका थिए । समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ ।
विश्वकै अग्रणी होटल कम्पनीहरूमध्येको इन्टरकन्टिनेन्टल होटल्स् गु्रप (आईएचजी)का विश्वभर करिब एक सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवाप्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ भने यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारी कार्यरत छन् । नेपालमा विगत ५० वर्षदेखिको वैभवशाली इतिहास भएको डिलक्स पाँच तारे होटल सोल्टी क्राउन प्लाजा, आईएचजीको एकमात्र ध्वजावाहक होटल हो । आईएचजी एकेडेमीका माध्यमबाट आईएचजी समूहअन्तर्गतका होटलहरू र कर्पोरेट कार्यालयहरूले आतिथ्य सत्कार सीप सिर्जना एवं उनीहरूको रोजगारीको स्तरमा सुधार एवं सहयोग गर्नका लागि शैक्षिक सेवा प्रदायक र सामुदायिक समूहहरूसँग सहकार्य गर्दै आएका छन् । विश्वव्यापी संरचनाभित्र रहेर आईएचजी एकेडेमीलाई स्थानीय समुदायका आवश्यकता पूरा गर्ने गरी तयार गरिएको छ । हरेक आईएचजी एकेडेमीका तीन कुराहरू समान छन् । तिनीहरूले स्थानीय शैक्षिक सेवा प्रदायक वा सामुदायिक समूहहरूसँग सहकार्य गछ्र्रन्, तिनीहरूले अनुभवजन्य कार्यथलो प्रदान गर्छ्न् र तिनीहरूले हरेक व्यक्तिलाई रोजगार व्यवस्था गर्दा उचित परामर्श उपलब्ध गराउँँछन् । सन् २००६ मा आरम्भ गरिएको आईएचजी एकेडेमी निरन्तर रूपमा वृद्धि हुँदै गइरहेको छ र अहिले विश्वका ६० भन्दा बढी मुलुकहरूमा फैलिइसकेको छ ।
ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) नेपालको आतिथ्य सत्कार र पर्यटन शिक्षाका लाग अग्रणी शैक्षिक प्रतिष्ठान हो र यसले विश्वव्यापी आतिथ्य सत्कार उद्योगको पेशागत करिअरका लागि युवाहरूलाई शिक्षित तथा प्रशिक्षित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । गेटले सञ्चालन आएको १० वर्षभत्र विद्यार्थीहरूले सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक जीवनमा लागू गर्नका लागि आवश्यक पर्ने व्यावहारिक तालिमसहित विशिष्टकृत शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । गेट कलेज विश्व प्रसिद्ध हस्पिटालिटी अवार्ड प्राप्त गर्ने एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो, यसले सन् २०११ मा फ्रान्सको पेरिसमा आयोजना भएको विशेष कार्यक्रमबीच उक्त अवार्ड प्राप्त गरेको हो । साथै, गेट कलेज स्विजरल्यान्डको प्रसिद्ध स्विस होटल एसोसियसन होटलरी स्विससँग सम्बन्धन प्राप्त गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक प्रतिष्ठान हो ।
राजधानीका उत्कृष्ट कलेजमध्येको एक गोल्डेनगेट
गोल्डेन गेट कलेज राजधानीका उत्कृष्ट कलेज मध्येको एक हो । यो कलेज नेपालको शिक्षा क्षेत्रमा नेपालको शैक्षिक हब नै बनाउने लक्ष्य लिएर अघि बढेको छ । त्रिभुवन विश्वविद्यालयपछि सबैभन्दा धेरै विषय अध्यापन गराउने संस्था मध्येको रूपमा स्थापित भएको छ । यस कलेजबाट २० हजारभन्दा बढीले विद्यार्थीले उच्चशिक्षा हासिल गरिसकेका छन् । शिक्षाप्रेमी संस्थापक, प्राज्ञिक वातावरण, अभिभावकमैत्री दक्ष शिक्षकद्वारा अध्यापन, सहयोगी कर्मचारी, खुला मैदान, वातानुकूलित कक्षा, पुस्तकालय, सुविधा सम्पन्न प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, देश–विदेशमा कलेज र नेपालकै सान राख्न सक्षम, खेलकुद आदि क्षेत्रका विद्यार्थी, अभिभावक र प्रबुद्ध नागरिक समाजले हामीलाई सम्झने गरेका छन् ।
आईएसओ ९००१-२००८ प्राप्त गरेर विश्व प्रसिद्ध वेभोमेट्रिक्सद्वारा विश्वभर २० हजार ९३६ औं स्थान र नेपालभरिका विश्वविद्यालय र कलेजहरूमा २०औं स्थानमा पर्न सफल यस कलेजले गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगर्ने जनाएको छ । कलेजले विद्यार्थीलाई पढाउने मात्र होइन, पढ्न दिने गरेको छ ।
नामी कलेजमा ब्रिटिस एमबीए
योगराज कँडेल शर्मा
प्रमुख कार्यकारी अधिकृत
नामी कलेज
आजको २१ औं शताब्दीमा शिक्षा बिना मानिस अन्धो सरह भएको कुरा सर्व विदितै छ । यस कारण भन्न सकिन्छ शिक्षा बिना जीवन अधुरो छ, यो जीवनको अति आवश्यक वस्तु भइसकेको कुरा अब दुई मत रहेन । आज शिक्षा बिना मानिस बाँच्न पनि नसक्ने स्थिति सिर्जना भइसकेको छ ।
हाम्रो संविधानले समेत शिक्षाको अधिकार सहर्ष स्वीकार गरी प्रत्येक नेपालीलाई निश्चित तहसम्मको शिक्षा निःशुल्क गरेको छ । आज प्रत्येक नागरिकले शिक्षा केका लागि बुझिसकेका छन् । तथापि आजका दिनमा एक शब्दमा भन्ने हो भने गुणस्तरीय शिक्षा गरिबी हटाउनका लागि हो जसले जीवनलाई फरक र सहज बनाउन मद्दत गर्छ ।
विभिन्न तथ्यहरूका अनुसार ब्रिटिस उच्च शिक्षालाई संसारकै सबैभन्दा राम्रो र बढी मनपराइएको छ । हङकङमा गरिएको एक सर्भेअनुसार बुवा–आमा आफ्ना बच्चाहरूलाई अन्यत्र मुलुकको शिक्षाभन्दा ब्रिटिस शिक्षामा राख्न नै जोड दिएको पाइएको छ । स्मरण रहोस हङकङ एक्लैले संसारमा सबैभन्दा बढी विदेशी विद्यार्थीहरू यूके पठाउँछ । टाइम्स हाइयर एजुकेसनका अनुसार संसारको दुई सय माथिल्लोस्तरका विश्वविद्यालय यूके वा अमेरिकामा छन् । दुवै देशले गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका खेलेका छन् । सबैभन्दा राम्रो रिसर्च सुविधाहरू, बौद्धिकतालाई प्राथमिकता, शैक्षिक स्वतन्त्रता, आफू सुहाउँदो छान्न मिल्न कोर्सहरू, शैक्षिक वातावरण दुवै देशको शिक्षा पाइन्छ तर दुवै देशको विद्यार्थी जीवन र विश्वविद्यालयको अध्ययन संरचनामा फरक छन् ।
संसारभर एमबीए देशअनुसार केही भिन्न छन् । यूके एमबीए अमेरिकन एमबीएभन्दा फरक छ भने अस्ट्रेलियन एमबीए पनि फरक । ब्रिटिस एमबीए यस कारण संसारकै राम्रो एमबीए मान्न सकिन्छ । हाम्रो कलेजमा विभिन्न रिसर्च सुविधाहरू छन् । ब्रिटिस एमबीए अध्ययनमा विद्यार्थी, संकाय एवं कर्मचारीहरूका लागि लाईव्रेरीमा हजारौ कितावहरू अध्ययन गर्न, लिन तथा परामर्श गर्नका लागि उपलव्ध हुन्छन् साथै शैक्षिक संस्थाले संसारकै श्रेष्ठ अनलाइन पुस्तक, डाटावेश, जर्नल र पेपरहरू उपलव्ध समेत गराउँछ । यो विद्यार्थीहरूको रिसर्च सर्पोटका लागि गरिने नविनतम र श्रेष्ठ तरिका हो । ब्रिटिसएमबीए अन्र्तराष्ट्रियस्तरमा प्रतिष्ठा कमाएको छ भने संसारभर मान्यता प्राप्त छ । नेपालमा समेत त्रिभुवन विश्वविद्यालय लगायत अन्य सवै विश्वविद्यालयले मान्यता दिएका छन् । ब्रिटिस एमबीए संसारकै विशिष्ठ एमबीए भएका कारण रोजगारीमा समेत सरल हुने देखिएको छ यसको प्रतिष्ठा संसारमै छ । हाल नेपालमै नेपाली एमबीएकै शुल्कमा ब्रिटिस एमबीए अध्ययन गर्न सकिन्छ । बेलयाती कोर्स, प्रमाणपत्र, सुविधा, अनुसन्धानमा सहयोग आदि नेपाल सुहाउँदो शुल्कमा नेपालमै अध्ययन गर्न सकिने यस्तो कोर्स अति सहज रूपमा नेपालमै उपलव्ध छन् । ब्रिटिस शैक्षिक क्लालेन्डर कक्षा संचालन पूर्वप्रकाशित भई सम्पूर्ण जानकारी, जस्तै अध्ययापन गराउने समय, परीक्षा, परीक्षाफलको मिति सुरुमै जानकारी हुने भएका कारण विद्यार्थीले समयमा नै अध्ययन पूरा गर्न सक्छन् र बाहिर जानका लागि समेत कागजात आवश्यकताअनुसार समयमा नै उपलव्ध हुने हुँदा विद्यार्थीहरूको समय खेरा जाँदैन । ब्रिटिस एमबीएको अध्ययनमा प्रयोग गरिने विधि वैज्ञानिक रहेको छ । परीक्षा लिइने लिखित तरिकाबाट मात्र नभई, प्रदर्शन विधि, अनलाइन परीक्षा, असाइन्मेन्ट, दैनिक उपस्थिति, विभिन्न क्रियाकलापमा सहभागिता, अनुसन्धान आदि मार्फत गरिने साथै ग्रेड संसारमै स्वीकार गरिएको प्रणालीमा गरिन्छ । सबै विद्यार्थीहरूले एउटै अनिवार्य मोड्युल अध्ययन गर्नुपर्ने हुन्छ । प्रत्येक मोड्युलको प्रायः २० क्रेडिट हुन्छ । एमबीए डिग्री पूरा गर्नका लागि १८० क्रेडिट पास गरेमा मात्र डिग्री पूरा हुन्छ । मोड्युलको अनुक्रमण यसरी राखिएको छ कि विद्यार्थीहरूले सिक्ने तार्किक प्रगति, सिक्नुका साथै व्यापार चलाउन पहल गर्न सक्ने बनाउँछ । कोर्सको डिजाइन यसरी गरिएको छ जसले विद्यार्थीहरूलाई पढ्न बाध्य गराउँछ । जसले अध्ययन कार्यक्रमबाट आश्चर्यजनक अवसरहरू प्रदान गर्छ । विद्यार्थी केन्द्रित लर्निङ्ग विधिअनुसार अध्यापन गराइन्छ ।
कोर्समा वर्तमान केशहरूको अध्ययन, भिडियो, व्यावहारिक व्यायाम, रोल प्ले साथै लेक्चर र सेमिनारहरू गराइन्छ । आफूले चाहेअनुसारका कोर्सहरू उपलव्ध हुने र अनुसन्धानका लागि आवश्यक सुविधा र लेक्चर उपलव्ध हुने हुँदा यसमा विद्यार्थीहरूको रुचि दिन प्रतिदिन बढ्दो छ । ब्रिटिस एमबीए गर्दा थाहा नहुने तर व्यापक फाइदा हुने भनेको नेपाली विद्यार्थीहरूको अंग्रेजी भाषामा ज्ञानको वृद्धि हुनका सानै व्यक्तिको व्यक्तित्वमा आश्चर्यजनक प्रगति दखिन्छ भने आत्मविश्वासको स्तर अत्यधिक बढ्छ । ब्रिटिस एमबीए संसारमै सबैभन्दा पुरानो एमबीएका रूपमा रहेको छ, भने सबैभन्दा पुरानो इतिहास बोकेको शिक्षा हो । समय सापेक्ष अनुसन्धान गरी वजार सुहाउँदो र बजारमा बिक्ने श्रमशक्ति उत्पादन गर्ने गरेको छ ।
लिबर्टी कलेजको मूल अभिष्ट व्यक्तित्व विकास
व्यक्तित्व विकासको मुल अभिष्ट लिएर सन् २००९ मा स्थापित यस लिबर्टी कलेज परिवर्तित समायानुकुल दक्ष र जीवनोपयोगी शिक्षा प्रवाह गर्नमा निरन्तर क्रियाशील छ ।
काठमाण्डौं अनामनगर स्थित सुन्दर, शान्त र प्रभावकारी शैक्षिक वातावरणमा अवस्थित यस कलेजले स्थापना काल देखि नै विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अध्ययन अध्यापनका साथै अतिरिक्त क्रियाकलापहरुलाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
दक्ष शैक्षिक जनशक्तिद्घरा सञ्चालित यस कलेजमा स्थापनाको समयबाट पोखरा विश्वविद्यालयको विविए कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसै शैक्षिक सत्र २०१७-१८ देखि विएच्एम् कार्यक्रम समेत थप गरी कक्षा सञ्चालन भइरहेको छ । शैक्षिक स्तर पार गरेसँगै विद्यार्थीहरु आत्मनिर्भर समेत बन्न सकुन् भन्ने उद्देश्यले कलेजले विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनुका साथै विविध खाले कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागिता समेतगराउने गरेको छ । विविए तथा विएच्एम्को प्रयोगात्मक कक्षा अन्तर्गत ईन्टर्नसिपका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त संघसंस्थाहरुमा अवसर प्रदान गर्नुका साथसाथै अब्बल विद्यार्थीहरुका लागि रोजगारको व्यावस्था समेत गराउने गरिएको छ । संक्षिप्तमा भन्दा विद्यार्थीलाई पाठ्यक्रमका साथ साथै अतिरिक्त क्रियाकलापमा समेत सकृय सहभागी गराएर चौतर्फी विकास मार्फत हरेक व्यक्तिको व्यक्तित्व विकास गराउनु यस लिबर्टी कलेजको प्रमुख र महत्वपूर्ण पक्ष हो ।