कांग्रेस चुनावसँग डराउँदैन, जसले जितेपनि मुलुकले जित्छ, कोइराला

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले आफ्नो पार्टीले जितेपनि वा हारेपनि कुनै अर्थ नहुने भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न भए मुलुकले जित्ने बताएकी छिन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले कोईराला निवास मण्डिखाटारमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनसँग नेपाली कांग्रेस नडराउनें तथा नेपाली कांग्रेसले जितेपनि वा हारेपनि मुलुकलाई जिताउनुपर्ने बताइन् । गिरिजाबाबु आज हुनुहुन्न, उनले भनिन्, उहाँले पनि ०६४ सालमाआफ्नो पार्टीको कुनै प्रवाहनगरी चुनाव गराउनुभएको थियो, अहिले पनिचुनाव समयमै हुनुपर्छ, हुन्छ ।
उनले चुनाव भएपछि मुलुकमा लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धि हाँसिल हुने विश्वास दिलाईन् । उनले निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि सबैले आ–आफ्नो स्थान्बाट सहयोग पुर्याउनुपर्ने विश्वास दिलाईन् ।