क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना «

क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।
सुरुमा एक हप्ताका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रतिकारोबार २०० र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५०० सम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना १ वैशाखदेखि लागु भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्