मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट «

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट

मेगा बैंकका ग्राहकले नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताले २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने भएका हुन् ।
त्यस्तै, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने बैंकले जनाएको छ ।
नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले यो सम्झौता गरेको हो । दराजको वेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकलाई अनुरोध पनि गरेको छ ।
मेगा बैंकले डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्