स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सकिने «

स्वास्थ्य बिमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सकिने

स्वास्थ्य बिमा बोर्डले बिमितहरुले बिमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने भएको छ ।
बोर्डका अध्यक्षडा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले सो सेवाको सुरु गरेका हुन् । यसअन्तर्गत अब स्वास्थ्य बिमा बोर्डमार्फत बिमितहरुले कनेक्ट आइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।
सरकारले लागु गरेको उक्त बिमा योजनाअन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले एक लाखसम्मको बिमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हालसम्म ५३ लाखभन्दा बढी लाभग्राही रहेका छन् । बिमितहरुले अब अनलाइन माध्यमबाटै आफ्नो बिमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बिमा बोर्डको डिजिटलाइजेसनको यस कदमलाई बोेर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पु¥याउने एक महत्वपूर्ण कोषे ढुंगाको रुपमा लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्