Logo

७ वैशाखमा सुरू हुने क्यान इन्फोटेकको तयारी पूरा

आगामी ७ देखि १२ वैशाखसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड–१९ नियन्त्रण गर्न सरकारका निर्णयलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको आयोजकले जनाएको छ ।
२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको आयोजकले जनाएको छ । यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने भएको छ । जसमा प्रवेश शुल्क एक रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्