पर्यटन लयमा आउने आशा

सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य थियो जुन त्यस यताकै सबैभन्दा कम पर्यटक आगमन दर हो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन सख्या दोस्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोस्रो स्थानमा उक्लिएको थियो ।
कोभिड–१९का कारण थलिएको पर्यटन आगमन विस्तारै पुनरुत्थान हुने क्रममा छ । सन् २०२२ को पहिलो महिनाबाट नै पर्यटन आगमनमा आएको केही सुधारसँगै पर्यटन बजार तंग्रिने क्रममा छ । यसले २ वर्षदेखि सुस्त रहेको पर्यटन उद्योगमा नयाँ आशा थपेको छ ।
सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जनु सन् २०२० को तुलनाममा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ८० हजार अर्थात ३५ प्रतिशतले कमि थियो । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ का कारण पछिल्लो २ वर्षदेखि ओरालो लागेको पर्यटन क्षेत्र सन् २०२१ मा झन ओरालो लागेको थियो । सन् २०२० को तुलनामा नेपालमा ८० हजार पर्यटक कम आएका छन् । यसरी नेपाल भ्रमण गरेका पर्यटकको संख्या हवाई र ११ नाकाबाट स्थलमार्ग) हुँदै नेपाल प्रवेश गरेका पर्यटकको संख्या भएको बोर्डले जनाएको छ । सन् २०१९ मा भने ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य थियो जुन त्यस यताकै सबैभन्दा कम पर्यटक आगमन दर हो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन सख्या दोस्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोस्रो स्थानमा उक्लिएको थियो ।
सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भए पनि सन् २०१९ को अन्त्यबाट फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) का कारण पर्यटक आगमन बन्द भयो भने सरकारले भ्रमण वर्षसमेत स्थगन गर्नु परेको थियो ।
तर सन् २०२२ को सुरुवातसँगै नेपालमा पर्यटन आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । कोभिड–१९ को क्रास र संक्रमितको संख्यामा कमी आएसँगै नेपालमा पर्यटन आगमनमा सुधार आएको पर्यटन व्यवसायीहरूले बताएका छन् । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको छ । कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा छ ।
सन् २०२२को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोस्रो महिना सन् २०२२ को दोस्रो (फेब्रुअरी) महिनामा २० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्च महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको छ । यसरी नेपाल भ्रमण गर्ने पर्यटक हवाईमार्ग हँुदै नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । गत वर्ष सोही अवधिमा १४ हजार ९ सय ७७ पर्यटकमात्रै भित्रिएका थिए । सोही अवधिमा सन् २०२० मा भने ४२ हजार ७ सय ७६ पर्यटक नेपाल आएका थिए ।
पछिल्लो तीन महिना (मार्च) मा महिनामा पहिला सबैभन्दा पहिला भारतीय पर्यटक १५ हजार १३, दोस्रोमा अमेरिकाबाट ४ हजार ८ सय ९६ जना, तेस्रोमा बेलायतबाट ४ हजार २९, चौथोमा बंगलादेशबाट २ हजार १ सय ५२ पर्यटन नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले सुधार भएको बताए । उनले भने, “कोभिड–१९ का कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने त्रममा छ । पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धिले यस्तो संकेत गरेको छ ।”
रेग्मीले सन् २०२२को पहिलो महिनाबाट नै नेपालमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले गर्दा आगामी अक्टोबार महिनासम्म कोभिड–१९ कै अवस्थामा नेपालको पर्यटन आगमनमा सुधार हुने बताएका छन् । अमेरिका, युरोपबाट पर्यटक आगमनमा उल्लेख्य आगमन हुँदै गएको छ भने यता बंगलादेशबाट पनि पर्यटक आगमनमा वृद्धि भएकाले गर्दा सार्क मुलुकका देश विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई जोड दिएर बोर्ड प्रचार प्रसारमा लाग्ने योजना बनाएको बताए । पछिल्लो समय बंगलादेशको आगमनले उत्साह थपेको उनको भनाइ छ । वसन्त ऋतुमा अब साहसिक पर्यटकको आगमन पनि वृद्धि हुँदै जाने तथा हिमाल आरोहणका लागि युरोप अमेरिकाबाट पर्यटक आगमन हुने हुदाँ नेपालको पर्यटन उद्योगलाई पुरानो लयमा फर्किन सहयोग पुग्ने बोर्डले जनाएको छ ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म विश्वका सर्वोच्च शिखर सगरमाथा सहित अन्य १७ हिमाल आरोहणको लागि ५ सय ५ जनाले अनुमति लिएका छन् । २ सय ४ जनाले समगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने बाँकी ३ सय १ जनाले १७ हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार १८ हिमाल आरोहणको लागि ६१ समूहका ५ सय ५ जनाले अरोहण अनुमति लिएको जनाएको छ । जसमा १ सय १६ महिला र ३ सय ८९ पुरुष रहेका छन् । सगरमाथा आरोहणका लागि २३ समूहका १सय ५८ पुरुष ४६ महिला गरी २ सय ४ जनाले अनुमति लिएका छन् । आबदम्बनमा ४ समूहका १९, अन्नपूर्ण १ मा ४ समूहका २६, लोत्सेमा ६ समूहका ५२ जनाले र अन्य हिमालको आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । यसरी हेर्दा कोभिड–१९ महामारी कम भएकाले हिमाल आरोहणको लागि अनुमति लिने क्रममा बढेको नेपाल पर्वातारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । उनले भने, “यस वर्ष हिमाल आरोहणका लागि आउने विदेशीको संख्यामा वृद्धि हुनेछ र पदयात्रामा पनि उल्लेख्य पर्यटक आउने भएकाले नेपालको पर्यटन क्षेत्र लयमा फिर्ता हुने क्रममा छ ।”
नेपालका पर्यटकिय गन्तव्यहरुमा पनि पर्यटकको चहल पहल हेर्दा पर्यटक आगमन सुधार हुँदै गएको होटल संघ पोखरा च्याप्टरका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनले भने, “पर्यटक आगमनमा सुधार हुँदै आएको अवस्था छ । कोभिड–१९ पछिको यो समयमा हेर्दा पर्यटकको चहलपहल देख्न सकिन्छ ।” विशेषगरी भारतीय पर्यटकहरु मुस्ताङ मनाङको यात्रामा पोखारा हँुदै गइरहेका छन् उनले भने । पोखरामा पर्यटक आगमनमा सुधार हँुदै गएको बताएको छ । यही अवस्था रहेको खण्डमा भने सन् २०२२ को अन्त्य सम्ममा नेपालमा पर्यटक आगमन कोभिड–१९ कै लयमा फिर्ता हुने अध्यक्ष सुवेदीको भनाइ छ ।
कोभिड–१९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न मेला महोत्सव गर्दै आएको अध्यक्ष सुवेदीले बताए । यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा पर्यटकीय नगरी पोखरामा १६औं फेवा नवमहोत्सव संचालन गर्ने लागेका छौं अध्यक्ष सुवेदीले भने महोत्सवले हाल पोखरा भ्रमणमा रहेका विदेशी तथा स्वदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले पछिल्लो समय नेपाल भ्रमणका लागि विदेशबाट इन्क्वाइरी आउन थालेको छ । यसले गर्दा आगामी वर्षसम्ममा नेपालमा पर्यटक आगमन दरमा सुधार आउने संकेत देखिएको शाहको भनाइ छ । उनले भने, “अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीलाई नेपाल घुम्न प्रेरित गर्नुका साथै नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण गर्न आवश्यक रहेको छ ।” पर्यटन क्षेत्र विदेशी मुद्राको आयको स्रोत भएकाले गर्दा पनि सरकारले विदेशी पर्यटकलाई नेपालमा आगमनमा सुविधा दिएर आकर्षित गर्नुपर्नेमा शाहको जोड थियो । कोभिबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज आजको दिनसम्ममा पनि कार्यान्वयनमा नआउनु दुःखको कुरा भएको शाहले बताए । पछिल्लो समय भारतमा उडान संख्यामा वृद्धि भएपछि भारतीय पर्यटकको संख्यामा वृद्धि भएको रेग्मीको भनाइ छ । भारत तथा सार्क मुलुकका मुख्य सहरमा उडान संख्यामा वृद्धि गरेर नेपालमा पर्यटक आगमनमा अझ सहजीकरण गर्ने हो भने ठूलो मात्रमा पर्यटक नेपाल आउने बोर्डले जनाएको छ ।
अहिले भने आन्तरिक पर्यटन बजारले गर्दा पर्यटकीय बजारलाई धान्नका लागि मद्दत पुगेको व्यवसायीहरूले बताएका छन् । थलिएको पर्यटन क्षेत्रलाई लयमा फर्काउनका लागि होटल, विमान कम्पनी साथै पर्यटका क्षेत्रका सारोकारवाला निकायले विभिन्न आकर्षक प्याकेज ल्याएका छन् । बाह्य उडानमा भन्दा आन्तरिक उडानमा यात्रुको चाप छ । थलिएको पर्यटन क्षेत्रलाई टिकाएर आन्तरिक पर्यटकमा जोड दिएको र सोहीअनुसार होटलहरूले विभिन्न प्याकेजसहित आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेका भन्छन् अध्यक्ष सुवेदी । अघिल्लो वर्ष कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई चलयमान बनाउनका लागि पर्यटकीय गन्तव्यहरूले घुम्नजाउँ अभियान सुरु गरिहरेका छन् । जसले गर्दा आन्तरिक पर्यटक गतिविधि बढेर अर्थतन्त्रलाई चलयमान बनाउनका लागि थप मद्दत पुग्ने विश्वास लिएको छ ।
बाह्य पर्यटक ल्याउन सरकार निजी प्रचार प्रसारमा जोड दिनुपर्ने र सिधा उडान भएको क्षेत्रमा बढी प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटकको आगमनमा सुधार आउने नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।
नेपालमा पर्यटक आगमन दर बढाउनका लागि नेपाल–भारतमा उडान संख्यामा वृद्धि गर्नु पर्ने आवश्यक रहेको जोशीको भनाइ छ । भारतका साथै पछिल्लो समय नेपालमा बंगलादेशका नागरिकको पनि आगमनदर वृद्धि भएकाले त्यहा पनि प्रमोसन बढाउनु पर्ने उनको भनाइ छ ।
सन् २०१९ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाखको लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटन आएका थिए । सन् १९९८ मा ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२० मा सन् २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए ।
कोरोना भाइरस (कोभड–१९) का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो । पर्यटन गतिविधि वृद्धि गर्नका लागि लामो दूरी र छोटो दूरीमा रहेका पर्यटकीय बजारमा नेपालले प्रचार केन्द्रित गर्नैपर्ने धारणा जोशीको छ ।
नेपालमा पर्यटकको अपेक्षाअनुसार नबढेको भए पनि होटेलको संख्या भने तीव्र रूपमा वृद्धि भइरहेको छ । निर्माणाधीन तारे होटेलमा संख्यामा वृद्धि हुने क्रम जारी छ भने नेपाल पर्यटकीय सम्भावना भएकाले यस क्षेत्रमा तत्काल केही नभए पनि भविष्य देखेर लागनी विस्तार भइरहेको जानकारको भनाइ छ ।
गौतम बुद्ध विमानस्थल निर्माण सम्पनन हुने क्रममा रहेको छ । सो विमानस्थल सम्पन्न भएर सञ्चालनमा ल्याउनका लागि बौद्ध धर्मालम्बी भएको मुलुकका विमान कम्पनीलाई आकर्षक प्याकेज दिने भनिएको छ । लुम्बिनी पर्यटकीय क्षेत्र, बुद्ध सर्किट गौतम बुद्धको जन्मस्थान भएकाले यहाँ पर्यटकीय सम्भावान प्रचुर छ ।
पर्यटन क्षेत्रलाई पुरानै लयमा यथाशीघ्र फिर्ता ल्याउन मूलमन्त्र भनेकै एकता, समन्वय र सहकार्य नै हो । जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिने धारण बोर्डका पूर्वप्रमुख दीपकराज जोशीको भनाइ छ ।
यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म रिभाइभलका लागि विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका जोशीले सुझाएका छन् । पर्यटनको सर्भाइभलसँग रिभाइभल र रिभाइभलसँग थ्राइभल जोडिएको हुँदा यी तीनै पक्षलाई एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटन छिटै पुनरुत्थान गर्न सकिने र भविष्यका लागि बलियो आधार पनि तय गर्न सकिने उनको धारण छ ।
कोभिड–१९ को महामारीपछि केही खुकुलो हँुदैं गएको अवस्थामा नेपाल पर्यटन बोर्डले नजिकका छिमेकी मुलुकहरुमा अन्तर्राष्टिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा पर्यटन सेल्स मिशन कार्यक्रम गरिरहेको छ ।
नेपालका विभिन्न टुर अपरेटरसहितको टोली नै सहभागी भएर भारत, बंगलादेश तगा युरोपमा पर्यटन व्यवसायी र संचारकर्मीलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजहरुको बारेमा जानकारी गराउनुका साथै नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराएको बोर्डले जनाएको छ ।
२०७९ सालमा परिस्थिति अनुकूल भए पर्यटक आगमनको दर बढ्ने निश्चित रहेको भए पनि सोहीअनुसार हुन् सकेन्, अघिल्लो वर्ष भने पर्यटन उद्योगका लागि कालो वर्ष नै रह्यो । कोभिड–१९ का कारण पर्यटन क्षेत्रलगायत सबै क्षेत्र सुनसान रहे । सरकारले २० लाख पर्यटक ल्याउने महत्वकांक्षासहित भव्य रूपमा घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० कोभिड–१९ का कारण उदघाटन भएको ४ महिनापछि स्थगन गर्नुप-यो । भूकम्प र नाकाबन्दीपछि लयमा फर्कँदै गरेको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीसँगै सरकारले घोषणा गरेको कार्यक्रम मात्र स्थगन नभएर पर्यटन क्षेत्रको खर्बौं लगानी धरायासी बन्ने अवस्थामा पुग्यो । करिब एक वर्षपछि लयमा फर्कंदै गरेको पर्यटन क्षेत्र पछिल्लो समय विकसित हुँदै गएको ओमिक्रोन यस वर्ष भेरियन्टले (कोभिड) प्रभावले कही सुस्त बनायो ।
। सन् २०१९ को तुलनामा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको संख्यामा ६५ प्रतिशतले कमी आएको थियो । यो संख्या आन्तरिक र बाह्य उडानमा विमानस्थलमा उडान र अवतरण गरेको यात्रुको संख्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।
सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा भने १४ लाख ८२ हजार ३ सय ५ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण गरेको जनाएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा वायुयान तथा उडानमा भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रुको संख्यामा कमी आएको विमानस्थल कार्यालयले जनाएको छ । यता आन्तरिक उडानमा यात्रु ३५ लाख यात्रु पुगेको छ ।
वर्ष आगमन संख्या
