सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच सम्झौता «

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकले अनलाइन सपिङ प्लेटफर्म दराजसँग छुट दिनेबारे सम्झौता गरेको छ ।
नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले दराजको अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
बैंकको कार्ड प्रयोगकर्ताले नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २८ चैत्रदेखि सीमित समयको लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्ड माई–कमर्स सक्रिय गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्