ज्योति विकास बैंकको एटीएम घान्द्रुकमा

ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमै एटीएम सञ्चालनमा ल्याएको हो ।
अन्नपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष कुमार गुरूङले सो एटीएम बुथको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायी सहभागी थिए ।