नयाँ वर्षमा एनसेलको आकर्षक अफर

एनसेलले नयाँ वर्षको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ ।
यी अफरहरू २७ चैतबाट सञ्चालनमा आएको जनाइएको छ । नयाँ वर्ष कम्बो प्याकअन्तर्गत ७ दिन र २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । प्याकअनुसार अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवा जस्ता सुविधा पाइने जनाइएको छ ।
त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त हुने जनाइएको छ ।
कम्बो प्याकअन्तर्गत ७ दिनको समय सीमा रहेको प्याक करसहित ९६ रुपैयाँमा सुचारु गर्न सकिन्छ । यस प्याकमा बन्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अलनेट टकटाइमबाट फाइदा लिन सक्नेछन् ।
त्यस्तै १६८ रुपैयाँमा ५ जीबी अलटाइम डेटा र १०० मिनेट अलनेट टक टाइम रहेको अर्को ७ दिने प्याक रु १६८ मा सुचारु गर्न सकिन्छ । २८ दिन समय सीमा रहेको प्याक पनि रहेको छ । जसअन्तर्गत २९८ रुपैयाँमा २.५ जीबी डेटासँगै २५० मिनेट अलनेट टकटाइमको फाइदा लिन सक्छन् ।
कम्बो प्याकअन्तर्गत नै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समय सीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन् । ७९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीबी डेटासहित नन्स्टप अन नेट कल सुविधा, ५० मिनेट अफ नेट टक टाइम र १०० अलनेट एसएमएसको फाइदा लिन सक्ने जनाइएको छ ।
२८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले ९९८ रुपैयाँमा हरेक दिन २ जिबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन्स्टप कल सुविधा, १०० मिनेट अफनेट टक टाइम र २०० वटा अलनेट एसएमएस पाउने जनाइएको छ ।
यसका साथै रिचार्ज योजनामा ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समय सीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यसैगरी १०० देखि १९९ रुपैयाँको रिचार्जमा ३ दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ७ दिनको समय सीमा रहेको ५०० एमबी सोसल प्याक पाउने एलसेलले जनाएको छ ।