Logo

स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन सुरु

स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ । २९ चैतसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताए । उनले नेपाल सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताए ।
सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानका लागि मात्रै नभई जनताको आवश्यक्ता परिपूर्ति गर्ने किसिमका हुन आवश्यक भएकोमा जोड दिए । उनले अनुसन्धानकर्ताहरुले गरेको उत्पादनले राज्य समृद्ध बनाउन सहयोग पुग्ने बताए । सदस्यसचिव ज्ञवालीले राज्यलाई सही रुपमा चाँडै परिवर्तन गर्नको लागि अनुसन्धानमा लागनी गरेर जनताको आवश्यक्ताका कुरा उत्पादित गरी खर्च जोगाउन सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्