सरकारले गभर्नर निलम्बन गरेर निर्लज्जता प्रकट गर्यो «

सरकारले गभर्नर निलम्बन गरेर निर्लज्जता प्रकट गर्यो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोपसमेत लगाए । उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए ।
त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दाबी गरे । उनले क्रान्तिकारी हुँ भन्नेहरूले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो । उनले भने, ‘राजनीतिक प्रतिस्पर्धा भइरहेको छ । तर प्रतिस्पर्धा कस्तो भईरहेको छ भने अस्वस्थ । हिजोमात्रै पनि हामीले देख्यौं । हिजो थुतुनाभरी रौँ भएको मुसाले धान खायो । एउटै रौं नभएको भ्यागुतोलाई कारबाही ग-यो ।
तपाईँहरूले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि । त्यसमा पनि अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पा¥यो । ध्वस्त पा-यो देशको अर्थतन्त्र । अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही ग-यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ । हिजो एउटा बर्खास्त ग-यो । देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थवीद्, अर्थशाष्त्री राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाइयो–बलिको बोको । उनलाई निलम्बन गरियो हिजो । र, माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानवीन समिति बनायो । माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्न । अर्को एउटा नियुक्ति पनि भयो ।
नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा । नातावाद भो, कृपाबाद हो । अचाक्ली भो । क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेक कोही नियुक्ती गर्र्दैनन् भन्ने छँदै थियो । हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रियसभामा लगियो । यत्रो बिध्न घाईते छन । सहीदका परिवार छन । यत्रो विध्न आन्दोलन गरेका मान्छेहरू छन, दुःख पाएका मान्छेहरू छन । अपांगता भएको व्यक्तिहरू छन । सरिरमा गोली लिएर हिँडिरहेका व्यक्तिहरू छन । जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरू छन् । ती सबै मान्छेहरूलाई पन्छाएर, तीनलाई छाडेर, तीनलाई अनादर र उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरी भयो ।’
अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरूलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उनको गुनासो थियो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरूसँग परामर्श नगरी जारी गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘२०४८ सालदेखि हामी लगातार निर्वाचन लडिराखेका छौं । राजनीतिक दलहरूसँग परामर्श नगरीकन सत्तापक्षीय दलहरू र सरकारसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलो पल्ट नेपालमा जारी भयो ।
जो सबैले मान्नुपर्छ । तर सल्लाहचाँही सत्तापक्षसँग मात्रै हुन्छ । अरुसँग सल्लाह भएन । हामीसँग सल्लाह भएन । हाम्रो प्रतिनिधिलाई निर्वाचन आयोगले तपाईंहरूले पढन पनि दिनु भएन, बोल्न पनि दिनु भएन । अनि कसरी सही गर्ने यो ठिक छ भनेरभन्दा आयोगले तपाईंहरूले सही गर्ने गर्नुस् नगरे नगर्नुस केही छैन । मन लागे गर्नुस नलागे नगर्नुस् हामी अगाडि बढछौं । जसले मान्दैन उसलाई कारबाही गर्छौैं भनेर निर्वाचन आयोग, जसले अनुरोध गथ्र्यो । कानुन बमोजिम कारबाही गरे भैगो । तर जारी गर्दा खेरी नै उसले कारबाहीको डण्डा देखाएर जारी ग¥यो । आचारसंहितामा नमान्नुपर्ने कुरा छन कि भन्ने उसै देखिएन ? आचारसंहिता नमान्नेलाई जोसुकैलाई कारबाही गरिन्छ भनेर थर्कायो त निर्वाचन आयोगले । निर्वाचन आयोग निर्वाचन गराउने चिज हो । थर्काउने चिज त होईन् तर थर्कायो । किनभने उसले कसैसँग परामर्श सत्ता बाहिरका राजनीतिक दलहरूसँग परामर्श गरेन । र, देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक ठानेन । बरु तपाईहरूसँग परामर्श गर्न आवश्यक छैन भनेर थर्कायो । तर पनि हामी निर्वाचन आचारसंहिता मान्छौं ।’
अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्