एनसीसी बैंक र दराजबीच सम्झौता «

एनसीसी बैंक र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइनबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौतासँगै नयाँ वर्षको अवसरमा बैंकका ग्राहकले दराजमा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्
बैंकको कार्ड प्रयोगकर्ताले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९अभियान २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतशित वा एक हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ ।
यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्