सिभिल लघुवित्तको अन्तरक्रिया
सिभिल लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुबिमा, केन्द्र व्यवस्थापन, साख सूचनालगायत मुख्य विषयवस्तु समावेश गरी आयोजना गरेको एक दिने कार्यक्रममा शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
‘समृद्धिको सहयात्री’ भन्ने नारालाई सार्थकता दिँदै संस्थाले सेवाग्राहीको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले करिब ६८ हजार घर परिवारलाई सेवा दिँदै आएको दावी गरेको छ ।