कीर्तिमानी आरोही शेर्पालाई लुम्बिनी विकास बैंकको बिदाइ
लुम्बिनी विकास बैंकले २६ औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सकेका शेर्पाले २६ औं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लागेकोमा उनको सफल आरोहणको लागी लुम्बिनी विकास बैंक लि. ले समेत सहकार्य गरेको छ ।
लुम्बिनी विकास बैंक लि. को लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले किर्तीमानी पर्वतारोही शेर्पालाई हस्तान्तरण गरेका छन् । शेर्पा बिगत दुई दशक देखि लुम्बिनी विकास बैंक लि. मा निरन्तर सहयात्री बनि आबद्घ छन् ।