नेपाल टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा ७ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । बिहिबार काठमाडौँमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएका हुन् ।
कोरोना महामारीको कारण भ्वाइस तथा अन्तरदेशीय सेवा तथा विभिन्न अफरहरु सस्तोमा उपलब्ध गराउँदा राजस्वमा भने केही कमि आएको अध्यक्ष डा. अर्यालले बताए । “अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ,” उनले भने ।