हङकङमार्फत व्यापार प्रवद्र्धनका अवसर खोजी «

हङकङमार्फत व्यापार प्रवद्र्धनका अवसर खोजी

नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ व्यापार विकास परिषद्को संयुक्त आयोजनामा हङकङ मार्फत व्यापार प्रवद्र्धनका अवसरहरू विषयक व्यावसायिक अन्तरक्रिया बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकार वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरू, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरू, दुवै देशका उद्यमी व्यवसायीहरू, हङकङसँग व्यापार÷व्यवसायमा संलग्न उद्यमी-व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा हङकङ मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायको प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो । नेपाल–हङकङबीचको आर्थिक व्यावसायीक सम्बन्ध विस्तार, हङकङमार्फत नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, निजी क्षेत्रबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवं व्यापारिक सम्पर्क विस्तारमा यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र नेपालमा आएर यस प्रकारको व्यवसायिक अन्तरक्रिया आयोजना गर्न एचकेटीडीसीले देखाएको उत्साहको प्रसंशा गरे । कार्यक्रमबाट दुबै देशका निजी क्षेत्र बीच व्यावसायिक सम्पर्क विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङकङ महत्वपूर्ण व्यापारिक हव बन्ने आशा आफूले गरेको उनले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हङकङस“गको व्यापार घाटा कम गर्न नेपालबाट हङकङमा के–कस्ता वस्तुको निर्यात सम्भाव्यता छ भन्नेमा विमर्श गरिनुपर्ने बताए । गोल्छाले आपसी व्यापार विस्तार खास गरी नेपाली घरेलु तथा साना उद्योगहरूको अन्तर्राष्ट्रियकरणका लागि एचकेटीडीसीस“ग एक आधिकारिक सम्पर्क स्थापना गरेर काम गर्न महासंघका तर्फबाट प्रस्तावसमेत राखे । एचकेटीडीसीका दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले आपसी आर्थिक व्यवसायिक सम्बन्धलाई मजबुत बनाउन यो कार्यक्रम कोशेढुंगा हुने विश्वास प्रकट गर्दै आफ्नो संस्थाले नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघस“ग मिलेर निरन्तर यस प्रकारको कार्यक्रम मार्फत नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुराउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्