Logo

विभिन्न देशमा राजदूत सिफारिस

सरकारले २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर सिफारिस भएका छन् । त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई सिफारिस गरिएको छ ।
राजदूत सिफारिस हुनेहरुमा विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), वासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधार (रुस), कैलाश पोखरेल (अष्टे«लिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), रामशुरज राय यादव (डेनमार्क), नवराज सुवेदी (साउदी अरव) र नरेश विक्रम ढकाल (देश नतोकिएको) छन्।
त्यसैगरी घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव, शशिल कमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र ) दुर्गा बहादुर सुवेदी पनि राजदूत सिफारिस भएका छन् ।
त्यसैगरी सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल टेलिकमको प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्