निशानका पूर्व प्रमुख पुनः पक्राउ

टोकियो-निशानका पूर्व प्रमुख कार्लोस घोस्न टोकियोमा पुनः पक्राउमा परेका छन् । वित्तीय हिनामिनाको दावीमा धरौटी पेन्डिङको अवस्थामा रहेकाले उनलाई पक्राउ गरिएको हो ।
अभियोजनकर्ताहरुले उनी बिरुद्ध नयाँ मुद्धाको सिर्जना गरेका छन् । उनीमाथि ओमामा रहेको डिलरलाई गरेको भुक्तानीमा संलग्न भएको बिरुद्धमा अभियोग लगाइएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
घोस्नले आफ्नो पक्राउलाई अपमानजनक र मनोमानी भएको प्रतिक्रिया दिएका छन् ।
आपूmले कुनै गल्ती गरेको अस्वीकार गर्दै आएका अटो बोसलाई १०८ दिनको हिरासतपछि हालै मात्र धरौटीमा रिहा गरिएको थियो ।
टोकियोका सुरक्षा अधिकारहिरु स्थानिय समय अनुसार बिहीबार बिहान ६ बजे अगाडिनै घोस्नको निवासमा प्रवेश गरेका थिए र व्यक्तिगत प्रयोजनका लागि निसानको कोषको दुरुपयोग गरेको आरोपमा आफ्नो कार्यालयमा लिएर आएका थिए ।
जापानमा धरौटीमा रिहा भएका कुनै पनि व्यक्तिलाई पुनः पक्राउ गरिने विषय अस्वाभाविक भएको एनएचकेले जनाएको छ ।
“म माथि लगाइएको धरातल विहिन अभियोग र आरोपप्रति म अनभिज्ञ छु,” उनका प्रतिनिधिले सार्वजनिक गरेको विज्ञप्ति मार्फत घोस्नले बताए ।
यो कदमलाई विश्वव्यापी ध्यानकर्षण गर्ने पछिल्लो घटनाको रुपमा हेरिएको छ ।
निशान र फ्रान्सेली कार निर्माता रिनाउल्टको गठबन्धनको योजनाकारको रुपमा घोस्नलाई हेरिएको छ । उनले मित्सुबिसीलाई पनि २०१६ मा बोर्डमा ल्याउन सफल भएका थिए ।