महँगिँदै गएको नेपालीको भान्सा «

महँगिँदै गएको नेपालीको भान्सा

देश दिनका दिन गरिब हुँदै जाने र त्यस देशमा बसोबास गर्ने नागरिकको पनि ऋणको भार बढ्दै जाँदा नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ ।

भनिन्छ, ‘भीडभाडमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ । यस उखानले नै परिणत गर्छ कि सञ्चित गर्न आवश्यक छ । आजैबाट सञ्चित गर्न सकिएन र गरिएन भने भोलिका दिनमा दैनिकी चलाउन निकै असहज हुन सक्छ ।
आजभोलि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरले नेपालीहरूको भान्सा दिनका दिन महँगिँदै गइरहेको छ । हिजोभन्दा आज र आजभन्दा भोलि हामीलाई हाम्रो दैनिकी चलाउन हम्मे–हम्मे एवं कष्टकरमय बन्दै गएको छ । कोरोना भाइरस र त्यसका विभिन्न भेरियन्टहरूको सामना गर्दै आजको अवस्थामा पुग्दा बजारमा शतप्रतिशत मूल्यवृद्धि भइसकेको छ ।
कृषिप्रधान देश नेपाल भए तापनि कृषिमा आयात परिमाण दिनका दिन बढिरहेको तर निर्यातमा भने शून्यप्रायः हुने नेपालको व्यापारघाटा दिनदिनै बढ्दै गइरहेको छ । सानो देश भएर पनि नेपालले राजनीतिक दल र तिनका अस्थिर सरकार तथा भ्रष्टाचार अनि शक्तिको आधारमा गरिने जुनै पनि विकासका कार्यहरू त्यसमा पनि आरोप–प्रत्यारोपका कारण विकासका आयोजनाले सफलता हासिल गर्न सकेको छैन । देश दिनका दिन गरिब हुँदै जाने र त्यस देशमा बसोबास गर्ने नागरिकको पनि ऋणको भार बढ्दै जाँदा नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ ।
आयातमा निर्भर हुँदा र स्वदेशी उत्पादनमा सरकारले सहजीकरण नगर्दा आज दैनिक भान्सामा चाहिने तेल, दाल, तरकारी विश्वका विभिन्न देशसँग भर पर्नुपरेको तीतो यथार्थ हाम्रो सामु रहेको छ । अहिले विश्वका शक्ति राष्ट्र रूस र युक्रेनका बीच भइरहेको युद्धको असर नेपालमा प्रत्यक्ष देखा परिसकेको छ । युक्रेनबाट नेपालले नेपाली भान्साका सामानहरूको आयात गर्ने गरेको छ । जबकि युद्धका कारण थलिएको युक्रेनलाई माथि उठ्न र ध्वस्त भएका संरचना बनाउन कति वर्ष लाग्छ ।
यस्ता दुर्घटनाबाट नेपाल सरकारले सोच्न आवश्यक छ कि नेपालका अधिकांश भूभाग खेतीयोग्य जमिनहरू छन्, ती जमिनहरू प्रायः बाँझो छ तर नेपाली दाजुभाइ–दिदीबहिनीलाई अवसर नभएर र सरकारको कृषि नीति नै व्यावहारिक नभएका कारण बिदेसिनुपर्ने बाध्यता छ । बिदेसिने त्यस प्रथालाई अन्त्य गर्दै स्वदेशमा कृषि क्रान्ति गर्ने वातावरण मिलाई महँगिएको नेपालीको भान्सालाई कम गर्न सम्बन्धित निकायसँग आग्रह गर्छांै ।

प्रतिक्रिया दिनुहोस्