मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता «

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्