इलाम र कञ्चनबारीमा ज्योति विकास बैंकका शाखा

ज्योति विकास बैंकले बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैकले जनाएको छ । इलाम नगरपालिका ७– इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति रहेको थियो । यसका साथै बैंकले बुधबारैबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको जनाएको छ ।