हावाहुरीले २ हजार बढी परिवार प्रभावित «

हावाहुरीले २ हजार बढी परिवार प्रभावित

रेडक्रसको सहयोग तीव्र

बारा र पर्सा जिल्लामा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारभ्भिक सर्भेक्षणले देखाएको छ ।
पहिलो पल्ट मोबाइल एप्लिकेसनको प्रयोग गरी यो तथ्यांक संकलन गरिएको हो । बारामा १ हजार ५ सय दुई र पर्सामा ५ सय ९ परिवार प्रभावित भएका छन् । मोबाइल एप्लिकेसनबाट तथ्यांक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीको टोलीले समन्वय गरिरहेको छ ।
प्रतिकार्यको काममा बुधबार नेरेसोका स्थानीय ९९ जना स्वयंसेवक खटिइरहेका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद प्रतिकार्य समूह जिल्लामा पुगिसकेका छन् । रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल, कम्बल, सारी १, पुरुषको धोती १, कपडा १६ मिटर, भाँडाकुँडाको सेट तथा अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २०० केजी चामल, १०० केजी दाल र ५० केजी आलु वितरण गरिएको छ । बारामा पनि २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ ।
विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी हावाहुरी प्रभावित क्षेत्रमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्