सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता «

सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

मंगलबार सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य श्रृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्