१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै «

१६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

२०७९ साल १९ जेठदेखि २३ गतेसम्म ‘नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ राजधानीमा आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीका कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो । महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारी सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्