गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग «

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु-याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको छ । सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु-याउनु भएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे । साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्दै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहले पु-याउनु भएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उहाँको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्