मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेक्टअन्तर्गत चमरधाप प्राथमिक विद्यालयलाई भौतिक पूर्वाधार निर्माण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच उक्त २ लाख रुपैयाँको (चेक) हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरु तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति थियो ।
यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्