क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा «

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

समय सापेक्ष ग्राहकको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प-याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा स’रु गरेको छ । सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे भन्दै बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
विकास बंैकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्