ग्लोबल आईएमई बैंकको थप २ शाखारहित बैंकिङ सेवा «

ग्लोबल आईएमई बैंकको थप २ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले बुधबारदेखि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४, दिगाममा आफ्नो ६३ औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाड्लामा ६४ औ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउपालिका–४, दिगाममा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि भगीरथ बहुउद्देशीय सहकारी संस्था र अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाड्लामा खोलिएको सेवाका लागि स्थानीय पशुपति भट्टराईलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्