वाराणसीमा नेपाली वृद्धाश्रम शिलान्यास «

वाराणसीमा नेपाली वृद्धाश्रम शिलान्यास

वाराणसी – भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरेका छन् ।
सो अवसरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ ।
नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्सांकनको काम गरिरहेको छ ।
प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले दिवा भोजको आयोजना गरेका थिए । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री देउवा आइतबार नै नयाँ दिल्ली हुँदै काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्