Logo

श्रवण दृष्टिविहीन बालबालिकाका सामुदायिक शिक्षाबाट बन्चित

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।
श्रवण दृष्टिविहीन बालबालिकालाई अध्ययन अध्यापनका लागि विशेष व्यवस्था गर्नु पर्ने भएकाले सरकारले उनीहरुका सार्वजानिक यसको व्यवस्थापन गर्न नसक्दा शिक्षाबाट बन्चित हुनु परेको अभिभावकको भनाई छ ।
काठमाडौंमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै श्रवण दृष्टिविहीन बालबालिकाका अभिभावकले स्कुलले भर्ना नलिदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनस्थार्पना हुने अधिकारबाट बञ्चित भएको गुनासो गरेका हुन । सम्मेलनमा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले सहभागी रहेको थियो । श्रवणदृटी विहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नोवु शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई स्कुलले भर्ना लिए, आवश्यक सहयोग समाजको तर्फबाट उपलब्ध गराउन सकिने बताए ।
अध्यक्ष शेर्पाले आँखा पनि नदेख्ने र कान पनि नसुन्ने बालबालिकाले अन्य बालबालिका सरह सिक्न नसकेपनि घरमा थुनेर राख्दा भन्दा समुहमा राखेर सिकाउँदा आफ्नो दैनिकी आफैं गर्न सक्ने, आफ्ना साथी चिन्ने,अभिभावकले धेरै समय दिनुनपर्ने र समाजमा घुलमिल हुनेलगायतका क्षमताको विकास हुने अनुभवका कारण समावेशी सिकाइका लागि स्कुलले भर्ना लिन माग गरेको बताउनुभयो ।
उहाँले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र आयाको समेत व्यवस्था समाजले गर्ने र सम्वन्धीत स्कुलकै शिक्षकलाई तालिम दिलाउने समेत बताए । अध्यक्ष शेर्पाले अपांगता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन, स्थानिय सरकार, शैक्षिक संस्थाले पनि समन्वय गरेर सिक्ने अवसर प्रदान गर्न अभिभावकहरूको सामुहिक माग रहेको बताए । श्रवण दृष्टिविहीन भएका बालबालिकाको समावेशी शिक्षा परियोजना संयोजक शंकर चैसिरले सबै क्षमताका बालबालिकाले सँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार रहेको जनाउदै अपांगता भएका बालबालिकामध्ये सबैभन्दा उपेक्षित श्रवणदृष्टि विहीन बालबालिकालाई समाजमा घुलमिल हुने, केही सिक्ने अवसर स्कुलहरूले प्रदान गर्नुपर्ने बताए । संयोजक चैसिरले समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुनु पाउने व्यवस्था गर्न माग गरे ।
दस प्रकारका अपांता भएका व्यक्तिमध्ये २०६८ जनगणना अनुसार श्रवण दृष्टिविहीन नौ हजार ७१४ जना रहेको तथ्यांक रहेको छ भने यस प्रकारका अपाङ्गता भएका व्यक्तिले सुघेर, छोएर र स्वाद लिएर खाना, परिवारका सदस्य, साथी र वरपरको वातावरणको अवस्था थाह पाउने क्षमता रहेको पाईएकोे छ । त्यस्तै श्रवण दृष्टिविहीन बालिकाका अभिभावक बबिता धौवन्जारले आफ्ना छोरीलाई दिवा सेवा प्रदान गर्ने संस्थामा राख्दा केही परिवर्तनको महसुस गरेकोले स्कुलमा राख्ने अवसरको खोजीमा रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस्