चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय,भन्सार विभागबीच बैंकले काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा नेपाल बैंकले राजस्व काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याउने भएको छ । बैंकले भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विभागको तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य सञ्चालन गर्ने छ ।
सो अवसरमा विभागका महानिर्देशक भट्टराईले नेपाल बैंकसँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाइमा पु¥याएको बताए । उनले बैंकको भरपर्दो आधुनिक प्रविधिमैत्री भएकाले सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीबाट सञ्चालन भएको बैंकले भन्सारको राजस्व संकलनको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरे