बैंक अफ काठमाण्डू गल्छी र मिर्चैयामा «

बैंक अफ काठमाण्डू गल्छी र मिर्चैयामा

बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरूलाई थप विस्तार गर्ने उद्देश्यले ७६ औं शाखा कार्यालय गल्छी र ७७ औं शाखा कार्यालय मिर्चैयाको औपचारिक उद्घाटन गरेको जनाएको छ । गल्छी शाखा कार्यालय बिहीबार बैंकका सञ्चालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठद्वारा उद्घाटन गरिएको छ । त्यस्तैगरी मिर्चैया शाखा कार्यालय पनि बिहीबार बैंकका सञ्चालक गोविन्दप्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाह तथा सम्माननीय राष्ट्रपतिका निजी सचिव जीवच्छ शाहद्वारा गरिएको बैंकले जनकाएको छ ।
यस शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष ०७४-७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९.१५ अर्ब रुपैयाँ परिचालन गरी कुल कर्जा ६२.३३ अर्ब रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकले ७७ शाखा, ६७ एटीएम, ८ वटा एक्टेन्सन काउन्टर तथा १७ शाखा रहित बिन्दुहरूबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्