आन्तरिक उत्पादन बढाएर लोडसेडिङ कम गर्न राष्ट्रपतिको आग्रह «

आन्तरिक उत्पादन बढाएर लोडसेडिङ कम गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्नु मुलुकको प्राथमिकता भएको बताएकी छिन् ।
शनिबार काठमाडौंमा हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै आफ्नौ उत्पादनमा जोड दिएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन । उनले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतिको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो ।”
राष्ट्रपति भण्डारीले साना र मझौला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गरिन् । राष्ट्रपति भण्डारीले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहो¥याइन् ।
हाडड्रो एक्सपोमा विभिन्न विषय बस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुका बीचमा छलफल हुने भएको छ । पहिलो दिन शनिबार जलविद्युत आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युतको बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफल भएको छ । प्रविधि सम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा पस््रतुति दिए । त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोले भने सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युतको राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गरे । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गरे ।
यसैगरि, दोस्रो दिन २० चैत आइतबार जलविद्युत क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोहीदिन नै दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरुले छलफल गर्ने भएका छन् । यो सत्रमा वैकपिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुनुहुनेछ । तेस्रो सत्रमा जलविद्युत आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायत सो सेसनमा सहभागी हुनेछन् ।
तेस्रो दिन २१ चैत सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलो सत्रमा नेपालमा विद्युत उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुनेछन् ।
अन्तिम सत्रमा जलविद्युत क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाइमन्त्री पम्फा भुसाल उपस्थित हुने सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनेछन् ।
नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने आयोजकले जनाएको छ ।
यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीलगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत रहेका छन् । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी हुने बताइएको छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रुपमा प्रतुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्