रिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम
रिलायन्स फाइनान्सले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चचलन गरेको छ ।
कम्पनीले ग्लोबल मनी विकको अवसरमा सुरुङ्गास्थित कन्काई बहुमुखी क्याम्पस र मेचीनगर १२ सहरेजगिमा रहेको सरस्वती बाल कल्याण माध्यामिक विद्यालयमा कार्यक्रमको आयोजना गरेको छ । यस्तै लुम्बिनी प्रदेशको बाँकेस्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालय, राजापुर नगरपालिका वडा नं ४ बर्दिया स्थित अमर शहिद बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकिङ चेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
रिलायन्स फाइनान्सका देशभर रहेका २१ शाखामार्पmत वित्तीय सेवाहरु प्रदान गर्दै आएके जनाएको छ ।