नेपाल एसबिआई बैंकको वित्तीय साक्षरत कार्यक्रम
नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल मनी विकको अवसरमा बैंकले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम युवालाई लक्षित गरी बचत गर्ने व्यवहार, बजेट निर्माण (पारिवारिक बजेट) र कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरुको जानकारी गराइएको थियो । त्यसैगरी जोखिम वहन र न्यूनीकरणका उपाय (बिमा), रेमिट्यान्सलगायतका बारेमा पनि जानकारी प्रदान गरिएको थियो ।