भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर «

भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपाल बैंकले दोलखाको चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
एक्सटेन्सन काउन्टरको बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसीले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अर्यालले काठको कन्तुरबाट सुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आइपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा अब्बल राख्न सफल भएको बताए । नगरपालिकाका प्रमुख केसीले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न बैंक सफल हुने विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्