मोटरहेडको बाइक खरिदमा एक लाखसम्म नगद छुट

मोटरहेड मोटरसाइकलले नयाँ वर्षको उपलक्षमा नयाँ योजना सार्वजनिक गरेको छ । चिनियाँ ब्रान्ड मोटरहेडले नयाँ वर्ष २०७९ को उपलक्षमा ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना सार्वजनिक गरेको हो ।
मोटरहेड एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय ब्रान्ड रहेको कम्पनीको दावी छ । नेपालमा यसको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि रहेको छ । कम्पनीले आफ्नो आधिकारिक फेसबुकमार्फत मंगलबार नयाँ योजनाबारे घोषणा गरेको हो ।
१५ चैतबाट सुरु भएको ‘स्क्र्याच एन्ड क्याच द क्यास’ योजना ३१ वैशाख २०७९ सम्म लागु हुनेछ । यो अवधिमा मोटरहेडका बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । सो नगद छुट स्क्र्याच गरेर प्राप्त गर्न सकिने हो । यसबाहेक एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय रुपैयाँ जित्नेछन् ।
कम्पनीका अनुसार यो अवसर मोटरहेडको १७ ठाउँमा स्थित सोरुममा उपलब्ध हुनेछ । हाल मोटरहेडको सोरुम धोबिघाट, टेकु, चाबाहिल, बालाजु, सल्लाघारी, इटहरी, पोखरा, विरेन्द्रनगर, स्याङ्जा, धादिङ, विर्तामोडलगायत ठाउँमा छन् ।
हाल मोटरहेडका बाइकहरूको सुरुवाती मूल्य ३ लाख ५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म तोकिएको छ ।