रारालिहीमा १४ करोड लागतमा पक्की पुल निर्माण हुँदै «

रारालिहीमा १४ करोड लागतमा पक्की पुल निर्माण हुँदै

जुम्ला-तिला गाउँपालिकाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा पु-याउन पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । तिलाका ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौ दुर्गम बस्तीलाई कर्णाली राजमार्गसँंग जोड्न रारालिहीस्थित तिला नदीमा ट्रस बेलिब्रिज निर्माण थालिएको हो ।
स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर तीमध्ये तिलाका ६, ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, रासा, मालापानी, खोप्री, सुडी, घोडेमहादेव, पोख्री, पुरु गाउँमा सडक पुगे पनि कर्णाली राजमार्गमा जोड्न पुल नहुँदा गाउँमा यातायात पुग्न सकेको छैन । जसका कारण अहिले पनि स्थानीय पिठ्युँमै भारी बोक्न बाध्य छन् ।
रारालिहीमा ३ वर्षभित्र पक्की पुल निर्माण हुने गरी गत साउनदेखि काम सुरु भएकोे सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठले बताए । उनले भने, “काम साउनदेखि सुरु भएको थियो । तर त्यतिबेला आएको बाढीले क्षति पु¥यायो । तलको फाउन्डेसन कति गहिरो बनाउने बारे डिजाइन पुनः समीक्षा गर्दैछौं । तत्काल एक साताका लागि काम रोकेका छौं । निर्माण कम्पन्नी भने कार्यस्थलमै खटिएको छ । कामअघि बढ्छ ।”
डिजाइन समीक्षाका लागि सडक डिभिजन प्रमुख राजिव श्रेष्ठले पहल गरेका छन् । जत्तिसक्दो चाँडो डिजाइन समीक्षा गरेर पुल निर्माण प्रक्रियालाई अघि बढाउने तयारीमै रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
आगामी तीन वर्षभित्र झण्डै ५५ मिटर लामो पक्की पुल निर्माण सक्ने गरी (हिराचन अन्जना खड्का जेभी¬) निर्माण कम्पनीले ठेक्का पाएको छ । निर्माण कम्पनीसँंग १४ करोड ८४ लाख बजेटमा निर्माण सक्ने गरी तीन वर्षे ठेक्का सम्झौता भएको निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । झण्डै १५ करोड ४१ लाखको स्टिमेट गरिए पनि ठेक्का सम्झौता भने १४ करोड ८४ लाखमा भएको हो । उनका अनुसार उक्त पुल निर्माण गर्न हिराचन, अन्जना खड्का जेभी निर्माण कम्पनीले तीन वर्षे ठेक्का सम्झौता गरेको छ ।
कामलाई छिटो छरितो र गुणस्तर बनाउनका लागि कार्यालयले नियमित निगरानी निरीक्षण गर्ने समेत सडक डिभिजन जुम्लाले जनाएको छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न भई तिलाका दुर्गम बस्ती राजमार्गसंँग जोडिने स्थानीय नागरिकको अपेक्षा छ । स्थानीय मान बहादुर बुढाले भने, “स्थानीय सरकार नआएको भए गाउँमा सडक पनि पुग्थेन होला । तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो । अब गाडी गुड्ने पर्खाइमा छौँ । गाडी गुड्न पुल निर्माण नभई हाम्रा दुःखले मुक्ति पाउने छैन ।”
गाउँ गाउँमा सडक पु-याए पनि स्थानीय तहको लगानीले पुल निर्माण सम्भव नभएकाले गर्दा संघीय सरकारको लगानीमा सडक डिभिजनले पुल निर्माण थालेकोमा तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले खुसी व्यक्त गरिन् । निर्धारित समयमै सक्ने गरी काम गर्न उनको आग्रह छ

डबल लेन सडक निर्माण धमाधम
कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्ड सडक डबल लेन निर्माणको काम धमाधम भइरहेको छ । गत कात्तिकदेखि निर्माण सुरु भएको कामको झण्डै ४० प्रतिशत काम सकिएको छ । डेबल लेन काट्ने, नाला निर्माण गर्ने,पर्खाल निर्माण गर्नेलगायतका काम द्रुत गतिमा भएको पाइएको छ ।
चालू आवभित्रै नाग्म–जुम्लाको चार किमि सडक डबल लेन निर्माणसँंगै कालोपत्रे गर्ने लक्ष्यअनुसार दुई ठेक्कामार्फत काम भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ । नाग्म–जुम्ला सडक खण्ड चार किलोमिटर सडक डबल लेन निर्माण, नाला छोडेर सात मिटर चौडा गरी कालोपत्रे गरिने छ ।
(थुदुन कस्न्ट्रक्सन र महादिप खिम्ती अन्जना खड्का जेभी) निर्माण कम्पन्नीले डबल लेन सडक निर्माणको ठेक्का लिएका छन् । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले चालू आवभित्रै नाला निर्माण, डबल लेन निर्माण गरी चार किमि सडक कालोपत्रे समेत गरिसक्ने सम्झौता भएको बताए ।
उनका अनुसार ५÷५ करोडको लागतमामा दुई निर्माण कम्पनीले काम गर्दैछन् । निर्धारित समयमै सडक निर्माण सम्पन्न हुने अपेक्षा छ । उता नाग्म–गमगडी सडकको जिरोदेखि १३ किमिसम्मको अलपत्र ग्राभेल गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्