एप्पलले चीनमा फेरी घटायो आईफोनको मूल्य «

एप्पलले चीनमा फेरी घटायो आईफोनको मूल्य

बेइजिङ-एप्पलले आधिकारिक चिनियाँ अनलाईन स्टोरमा आफ्ना केही महत्वपूर्ण उत्पादनहरुको मूल्यमा झन्डै ६ प्रतिशतले कटौती गरेको छ । यो मूल्य कटौतीका उत्पादनहरुमा आईफोन, आईप्याड, म्याक एयरपोड रहेका एप्पलको चीनमा रहेको अनलाईन स्टोरले जनाएको छ ।
चीनमा भएको कर परिवर्तनको प्रतिक्रिया स्वरुप यो कटौती गरिएको हो । नयाँ परिवर्तनले एप्पल जस्ता म्यानुफ्याक्चररलाई भ्याट कम गराउने काइसिनले जनाएको छ ।
२०१८ को चौथो त्रैमासिक अवधिमा कम्पनीले आम्दानीमा ५ देखि ९ अर्ब डलरसम्मको गिरावट आएको बताएको केही महिनापछि यो कटौती गरिएको हो । चीन, हङकङ ताइवानमा आईफोनको माग र बिक्री दुवै ओरालो लागेपछिको समयमा एप्पलको आम्दानीमा पनि गिरावट आएको हो ।
“यदी हाम्रो नतिजामा हेर्नु हुन्छ भने आईफोनबाट ग्रेटर चाइनमा आम्दानीमा १०० प्रतिशतको गिरावट आएको छ,” एप्पलका सीईओ टिम कुकले जनवरीमा सीएनबीसीलाई बताएका थिए ।
यो मूल्य कटौती एप्पलको वेबसाइटमा हेर्न सकिन्छ । सुरुवाती तहको आईफोन एक्सआरको मूल्य ६ हजार १९९ युआन पर्छ । यो मार्च २९ को तुलनामा ४.६ प्रतिशतले कम हो । एप्पलको हाई–इन्ड आईफोन एक्सएस र आईफोन एक्स एस म्याक्स प्रत्येकको मूल्यमा ५०० युआनले कटौती गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्