Logo

स्मार्टच्वाइस र एनआईसी एसियाबीच स्मार्ट क्यूआरबाट भुक्तानी गर्ने सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रियस्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआईसी एसियाबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
स्माटच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।
विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्