साउदी अरामकोको नाफा एप्पलको भन्दा ४६ प्रतिशत बढी «

साउदी अरामकोको नाफा एप्पलको भन्दा ४६ प्रतिशत बढी

दुबई-विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामकोको नाफा विश्वका अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजका अनुसार साउदी अरामकोले गत वर्ष १११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफा भन्दा ४६ प्रतिशत बढी हो ।
साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्त भन्दा पनि बढी भएको छ । २०१८मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १०६ अर्ब डलर पुगेको थियो । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंक मध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठूलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।
साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तीय नतिजा घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो । २०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो ।
अरामकोले बोन्ड बिक्रीको माध्यमबाट १० अर्ब डलर जुटाउने इच्छा व्यक्त गरेको छ । यसै दृष्टिकोणबाट कम्पनीले पहिलो पटक वित्तीय नतिजा घोषित गरेको हो । यसको प्रयोग साउदी अरबको पेट्रोकेमिकल्स कम्पनी साउदी बसिक इन्डस्ट्रिज कर्पोरेसनमा ७० प्रतिशत सेयर खरिदका लागि गरिने भएको छ । ६९.१ अर्ब डलरमा यो हिस्सा खरिद गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्