प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा लेखनाथमा «

प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा लेखनाथमा

प्राइम लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय सञ्चालन गरेको हो । कार्यालय विस्तारबाट थप बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे । उनले बिमितको हित हुने गरी बिमा व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्